जनकपुरमा सडकको खाल्डोमा पुरुषको लाश भेटियो


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १८ भोइलस्थित सडक छेउको खाल्डोमा एक पुरुषको शव (लाश) फेला परेको छ ।

करिब ३५/४० वर्षीय पुरुषको शव पानी जमेको खाल्डोभित्र फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । ती पुरुषको हत्या भएको हो कि के भन्ने कुरा अहिले भन्न नसकिने उनले बताए ।

उनका अनुसार प्रहरीको टोली घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेका छन् । शव पोष्टमार्टमका लागि जनकपुरधाम ल्याइनेछ ।

प्रकाशित : २०८१ फाल्गुन २७, मंगलवार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ