महोत्तरी मालपोतका खरिदार र लेखनदास ३५ हजार घुससहित पक्राउ


जनकपुरधाम । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजना ३५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले खरिदार खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई घुस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुबैजनालाई ३५ हजार घुसरकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।

प्रकाशित : २०८१ फाल्गुन २७, मंगलवार १८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ