होली मर्यादित बनाउन सिरहा प्रहरीको अपिल, भन्यो- अपरिचितले दिएको खानेकुरा नखाऔं


सिरहा । होली पर्वलाई सम्भ, मर्यादित र शान्तिपूर्ण बनाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले नागरिकसँग १३ बुँदे अपिल जारी गरेको छ ।

यसवर्ष तराई मधेशमा चैत १ गते शुक्रवार होली मनाइँदैछ । होली पर्वको दिन अनेक खालका विकृति देखिने गरेका कारण प्रहरीले सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अपिल गरेको हो ।

सिरहा प्रहरीले अपरिचित मानिसले दिएको खानेकुरा नखान, महँगा गरगहना लगाई होली नखेल्न, इच्छाविपरित कसैलाई रंग नलगाउन, पर्वको नाममा लागुऔषधसहितका नशालु पदार्थ सेवन नगर्नसहितका सुझाव दिएको छ ।

हेर्नुहोस् सिरहा प्रहरीको अपिल :

प्रकाशित : २०८१ फाल्गुन २७, मंगलवार १९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ