Breaking- काठमाडौंमा हावाहुरी, अवतरण गर्न सकेन कतार एयरवेजको जहाज


काठमाडौं । मौसम प्रतिकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ ।

कतारको राजधानी दोहाबाट आएको कतार एयरवेजको जहाज अवतरण गर्न नसकेको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले मौसमका कारण कतार एयरवेजको अवतरण प्रयास सफल हुन नसकेको जानकारी दिए ।

‘काठमाडौंमा हावाहुरी चलेकाले प्रयास गर्दा पनि कतार एयरवेजको अवतरण सफल हुनसकेको छैन’, उनले भने, ‘अहिले अवतरणको प्रयास गरिरहेको छ।’

उनका अनुसार भिजिबिलिटीको भने कुनै समस्या छैन । विमानस्थलमा अहिले ४ हजार मिटरसम्म भिजिबिलिटी छ तर तीव्र हावा चलिरहेकाले अवतरणमा समस्या भएको हो ।

कतार एयरवेजको जहाजलाई अवतरणका लागि हावा ८ नट चाहिन्छ । मौसम प्रतिकूल भएसँगै बाटिक एयरको जहाज भने बंगलादेशको ढाका डाइभर्ट गरिएको निरौलाले जानकारी दिए ।

उनका अनुसार कोरियाको सोलबाट आएको कोरियन एयर र ढाकाबाट आएको विमान बंगलादेश आकाशमै होल्ड भइरहेका छन् ।

प्रकाशित : २०८१ फाल्गुन २८, बुधबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ