गोलबजारमा खैरो हिरोइनसहित होटल संचालिका खातुन र जयसवाल पक्राउ


सिरहा । गोलबजार नगरपालिका ४ स्थित हाइवे होटलकी संचालिका र अर्का एक पुरुष लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औरही गाउँंपालिका २ बनिनिया घर गोलबजारमा होटल चलाइरहेकी नगिरा खातुन र गोलबजार नगरपालिका ७ चोहर्वाका १८ वर्षीय राजन जयसवाल छन् ।

गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलवजारबाट खटिएको टोलीले उक्त होटलमा गई खानतलासी गर्दा बेसिनमा पहेलो रंगको प्लाष्टिकमा १७ वट कालो प्लाष्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने लागूऔषध १ ग्राम ७३०मिलि ग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६७० मिलि ग्राम फेला परेको थियो ।

सोही होटल बाहिर रहेका जयसवाललाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ वटा कालो प्लाष्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने लागूऔषध प्लाष्टिकसहित तौल गर्द १५० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ४० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ ।

होटलमा खैरो हिरोइन बरामद भएपछि संचालिका नागिरा र साथबाटै बरामद भएपछि जयसवाललाई पक्राउ गरिएको र सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 12 March 2025 7:52 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ