काठमाडौंमा होली उल्लास- उच्छृंखल १२ जना पक्राउ, ९० सवारीलाई कारबाही


काठमाडौं । काठमाडौंसहित हिमाल र पहाडी जिल्लाहरुमा आज उल्लासमय तरिकाले होली मनाइदैछ । यसवर्ष उच्छृंखल गतिविधिमा प्रशासनले कडाई गरेको हो ।

काठमाडौंमा होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २ महिला र १० पुरुष छन् ।

प्रहरीका अनुसार पकनाजोलबाट २ महिला, न्युरोड ३ पुरुष, कोटेश्वरचोकबाट ४ पुरुष, सिंहदरबार पश्चिम गेटबाट २ पुरुष र साँखुमूलपानी क्षेत्रबाट १ पुरुषलाई नियन्त्रणमा पक्राउ परेका हुन् ।

त्यस्तै प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ९० सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

होलीमा हुनसक्ने अवान्छित क्रियाकलाप नियन्त्रणका लागि भनेर ट्राफिक प्रहरीले कडाईका साथ काठमाडौँका चोकचोकमा जाँच गरिरहेको छ।

प्रकाशित : २०८१ फाल्गुन २९, बिहीबार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ