धार्मिक नगरी जनकपुरधाममा आज होली मनाइँदै


जनकपुरधाम । मधेस प्रदेशको धार्मिक नगरी जनकपुरधामसहित केहि ठाउँमा आज होली मनाइँदैछ ।

मधेशका अधिकांश क्षेत्रमा शुक्रबार नै होली मनाइयो । तर  मिथिला मध्यमा परिक्रमा टोली शुक्रवार मात्र जनकपुरधामको अन्तरगृह परिक्रमा गरेकाले आज होली मनाउन लागिएको छ ।

अन्तरगृह परिक्रमा औँसीमा शुरु भई १६औँ दिन अर्थात् प्रतिपदामा सकिने भएकाले त्यसको भोलिपल्ट द्वितीयामा होली मनाइने परम्परा छ ।

पौराणिक कथाअनुसार दुष्ट प्रवृत्तिकी होलिकाको अन्त्य भएको खुशीयालीमा होली मनाउने गरिएको हो । मधेश क्षेत्रमा सांकेतिक रुपमा होलिका दहन गरेपछि होली मनाउने परम्परा छ ।

प्रकाशित : २०८१ चैत्र २, शनिबार ०७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ