पूर्वविशिष्टलाई आजिवन सुविधा होइन्, आजिवन जेल हाल्नुपर्छ : अमरेश


जनकपुरधाम । पूर्वविशिष्ट (पूर्व पदाधिकारी)लाई आजिवन सुविधा दिनेगरी सरकारले कानून बनाउन लागेकोमा स्वतन्त्र संघीय सांसद डा. अमरेश कुमार सिंहले विरोध गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै राष्ट्र बर्बाद गरेकोमा पूर्व पदाधिकारीलाई आजिवन जेल सजाय हुनुपर्ने बताएका हुन् । उनले लोकतान्त्रिक व्यवस्थामा जनता सर्वोपरि हुन्छन् तर यहाँ त शासन गर्ने राजनीतिक दलका नेताहरु नै आफ्नो सुख सुबिधाका ऋणको भारी जनतामाथि लाद्ने कोशिश गरेको उल्लेख गरेका छन् ।

‘आम नागरिक पहिलै चरम महंगाई, कर, कुशासनले परेशान भएका छन्,’ उनले भनेका छन्, ‘देशमा रोजगारी छैन, युवा जती विदेशको गल्लीहरूमा भौतारिन परेको छ । तर पुर्व पदाधिकारी हरु लाई आजिवन सुबिधा दिने सम्म लज्जास्पद कुरा गर्न समेत भ्याएका छन् ।’

पुर्व पदाधिकारीहरुको योगदान के ? प्रश्न गर्दै सांसद सिंहले लेखेका छन्, ‘यिनिहरुलाई त राष्ट्र बर्बाद गरेकोमा आजिवन जेल सजाय हुनुपर्छ । पदमा हुँदा पनि लुट्ने नहुँदा पनि लुट्न खोज्ने ?’

प्रकाशित : २०८१ चैत्र २, शनिबार १५:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ