जनकपुरधाममा होली खेल्दा खेल्दै छुरा प्रहार, एक युवकको मृत्यू


जनकपुरधाम । होली खेल्ने क्रममा विवाद भएपछि छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका २३ बिन्हीका १९ वर्षीय आँसु यादवको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबाट घाइते यादवको मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार छुरा प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन् । डीएसपी सिंहले घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको बताए ।

प्रकाशित : २०८१ चैत्र २, शनिबार २०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ