सबैलामा ‘यादव चोक’को बोर्ड लगाएपछि झडप, प्रहरीद्वारा आश्रुग्याँस प्रहार


शम्भु पण्डित/ जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ९ भठिहनमा चोकको नामाकरण विषयमा विवाद भएपछि दुई पक्षबीच झडप भएको छ ।

एक पक्षले ‘यादव चोक’ नामाकरण गरेपछि अर्को पक्ष विरोधमा उत्रेको हो । दुई पक्षबीच आपसमा भिडन्तमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेर अवस्था साम्य पारेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास प्रहार गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले पनि एकसेल आश्रुग्यास प्रहार गरेको पुष्टि गरे ।

उनले चोकको नामाकरणको विषयमा विवाद चर्केपछि झडप भएको र अहिले अवस्था साम्य पार्न ठूुलो संख्यामा प्रहरी परिचालन भएको जानकारी दिए ।

प्रकाशित : २०८१ चैत्र ३, आईतवार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ