प्रचण्डको फोटो जलाउने निराजन पक्राउ, राप्रपाको युवा संगठनले जनायो आपत्ति


हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम छन् ।

शनिबार संगठनको मकवानपुर अधिवेशनको क्रममा माओवादी अध्यक्ष प्रचण्डको फोटोमा आगो लगाएका थिए । उनलाई प्रहरीले भरतपुरबाट पक्राउ गरेर हेटौंडातर्फ ल्याइँदैछ ।

बमलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति संगठनले आपत्ति जनाएको छ । संगठनका केन्द्रीय संयोजक सुजित केसीले विज्ञप्ति निकालेर बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

एक जिम्मेवार युवा नेतालाई विना कारण पक्राउ गरेर सरकारको आडमा प्रहरी प्रशासनले मनमानी र पूर्वाग्रहपूर्ण काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २०८१ चैत्र ३, आईतवार १४:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ