एमालेकै साँसद रघुजीले भने- मन्त्री फेर्ने बेला भयो, पारा देखेर छक्क पर्छु


काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसद रघुजी पन्तले मन्त्री फेर्ने बेला भइसकेको बताएका छन् । उनले मन्त्रीहरुको पारा देखेर पक्क पार्ने खालको भएको बताए ।

आईतवार संसदमा बोल्दै साँसद घुजीले पूर्वविशिष्टलाई सेवा सुविधा बढाउने गरी कानुन बनाउन लागिएको विषयमा मन्त्रीहरूले संसद्‌मा नबोलेको भन्दै आपत्ति जनाएका हुन् ।

‘आज उठ्यो सुविधा दिने विधेयक ल्याइँदै छ । म नाम लिन्नँ, प्रतिपक्षका सांसद गार्ड लिएर हिँड्नुहुन्छ । अहिले सांसद मात्रै हुनुहुन्छ,’ उनले भने, ‘भन्नुस् न, त्यो विधेयक आउँदै छ भन्ने कुरा साँचो हो कि होइन ?’

सर्वोच्च अदालतको आदेशानुसार नै डेढ वर्षदेखि कानुन मन्त्रालयमा उक्त विधेयकको ‘ड्राफ्ट’ बनिरहेको पन्तले बताए ।

‘सरकारबाट पावरमा भएकाले अन्धाधुन्ध सुविधा लिए भनेर सर्वोच्च अदालतले जथाभावी नगर, मापदण्ड बनाएर मात्रै देऊ भन्यो । त्यो विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा चलिरहेको छ । यो सरकार आएको कति भो ?,’ उनले प्रश्न गरे ।

प्रश्न उठाइएछि संसद्‌मा जवाफ नदिएर मन्त्रीहरूले बाहिर बोलेर हिँडेको भन्दै उनले आपत्ति जनाए ।

उनले भने, ‘यो त मन्त्रीजीहरूले बोल्नुपर्ने । मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु । हिजो प्रकाशमानजीले यो कुरा होइन भनेर पाल्पामा बोल्नुभएछ । आएर त्यही कुरा संसद्‌मा भने भो नि,’ उनले भने ।

प्रकाशित : 16 March 2025 2:41 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ