डा. प्रमोद यादव एक नम्बरमा सिफारिस भए, तर मधेसी भएकाले नियुक्त भएनन् : सांसद सिंह

काठमाडौंं । स्वतन्त्र डा. अमरेशकुमार सिंहले मधेसी भएकै कारण निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकमा पहिलो नम्बरमा सिफारिस भएर पनि डा. प्रमोद यादवको नियुक्ति नभएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डा. सिंहले तेस्रो नम्बरमा सिफारिस भएका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्ति गरेकोमा आपत्ति जनाए ।
उनले स्वास्थ्य सचिवमा पनि मधेसी भएकाले पहिलो नम्बरमा सिफारिस नभएको र अहिले सिभिलमा पनि मधेसी भएकाले नियुक्त नभएको उनको भनाइ थियो ।
उनले मधेसी भएकै कारण योग्य व्यक्तिलाई पदमा नपुर्याइने गरेको बताए । उनले नेपालमा मधेसी भिख माग्न नबसेको भन्दै योग्यलाई नियुक्त नगरेर सरकारले गल्ती गरेको बताए । उनले पूर्वविशिष्टलाई सेवा दिन नहुने उनको भनाइ थियो ।
प्रकाशित : 16 March 2025 2:48 PM
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- २. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- ३. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव
- ६. मधेसका मुख्यमन्त्रीको निर्देशन नमानेका अस्पताल संचालक साह पक्राउ