प्रचण्डको तस्बिर जलाएपछि पक्राउ परेका निराजन बम रिहा


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन्।

आइतबार चितवनबाट पक्राउ परेका उनलाई आजै रिहा गरिएको हो । उनलाई चितवनबाट पक्राउ गरेर मकवानपुर लगिएको थियो ।

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई पक्षबीच छलफलपछि बमलाई रिहा गरिएको हो । उनी राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव हुन् ।

माओवादी अध्यक्ष दाहालले फोटो जलाउँदैमा पक्राउ गर्नु अनुचित भएको बताएका थिए ।

प्रकाशित : 16 March 2025 8:40 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ