मधेस र कोशी प्रदेशमा हुरीबतासको सम्भावना, सतर्कता अपनाउन आग्रह


जनकपुरधाम । मधेस र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मधेस कोशी प्रदेशका केहि ठाउँमा हुरीबतासको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आङ्शिक प्रभाव पर्न सक्ने र त्यसबाट हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन महाशाखा आग्रह गरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : 17 March 2025 8:27 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ