महोत्तरीमा ५ सय ४७ किलो गाँजासहित १ जना पक्राउ


काठमाडौं । महोत्तरी प्रहरीले ५ सय ४७ किलो लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

सिन्धुलीबाट बर्दिबासतर्फ आइरहेको बा ३ ख ५८३२ नम्बरको मिनी ट्रकलाई जाँच गर्दा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शन्तु जैसवारले बताए ।

गोप्य सूचनाको आधारमा बर्दिबास गौरीडाँडा बीपी राजमार्गमा उक्त ट्रकलाई जाँच गर्दा गाँजासहित चालक सिन्धुपाल्चोक बाहृबिसे नगरपालिका ७ घर भई हाल काठमाडौं बस्दै आएका अन्दाजी ३७ वर्षीय सलिन मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मगरले ट्रकमा फल्स बटन बनाई लुकाइछिपाई राखेको ३५ वटा पोकामा रहेको गाँजा फेला पारिएको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : 17 March 2025 8:38 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ