बालबालिका, असक्त र ९० वर्ष माथिकालाई राष्ट्रिय परिचयपत्र नचाहिने


काठमाडौं । सरकारले बालबालिका, असक्त, असहाय तथा ९० वर्षभन्दा माथिका नागरिकले राष्ट्रिय परिचयपत्र नबनाए पनि आवश्यक सेवा लिन पाउने व्यवस्था गरेको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र नभए पनि बालबालिका, असक्त, असहाय तथा ९० वर्षभन्दा माथिका नागरिकले आवश्यक सेवा लिन पाउने व्यवस्था गरिएको बताए । सेवा प्राप्तिमा कुनै बाधा नपरोस् भनेर यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।

‘बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असहाय अथवा ९० वर्षभन्दा माथिका जेष्ठ नागरिकको हकमा राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको छ’, लेखकले भने,’ जेष्ठ नागरिककलाई कार्ड दिँदा कार्यालयमा प्राथमिकता दिइएको छ ।’

यसअघि सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

प्रकाशित : 17 March 2025 6:57 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ