सरकारलाई अमरेश कुमारको चुनौती- २५ करोड कुनै भरियाको हुँदैन, मालिक समातेर देखाउनू


काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २५ करोड अवैध रकम कुनै भरियाको नहुने भन्दै सरकारलाई मालिक समात्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै विगतदेखि नै भरियामात्रै समात्दै आइरहेको बताए । उनले भने, ‘यो सुन तस्करको पैसा हो। अहिले सबै तस्करीहरु बढेका छन् । जहिले पनि किलोका किलो सुन समातिन्छ । तर मालिक समातिदैन । छानविन समितिको रिपोर्ट बन्छ सरकारले त्यसलाई तालाचाबी लगाएर आफैंसँग राख्छ सार्वजनिक गर्दैन ।’

उनले सुन प्रकरणका छानविन समितिको प्रतिवेदनहरु सदनमा पेस गर्न माग गरेका छन् ।

प्रकाशित : २०८१ चैत्र ६, बुधबार १३:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ