औरहीमा दलितमाथि अन्याय– कारबाहीबाट बच्न अपराधमाथि अपराध


जकपुरधाम । सिरहाको औरही गाउँपालिका ५ स्थित महायज्ञको नाममा उठिबास गराइएको दलित डोम परिवारलाई धाकधम्की दिएर कुरा फेर्न लगाएको रहस्य खुलेको छ ।

आज विहान पीडित दिपक मरिककी श्रीमती अनिता मरिकलाई एउटा घरमा राखेर केहि व्यक्ति धाकधम्की दिँदै ‘म आफैं अन्यत्र गएको’ भन्न बाध्य पारेका छन् । स्रोतका अनुसार उनको घर भत्काउनेहरुले नै पीडितलाई धाकधम्की दिई त्रसित पारेर कुरा फेर्न लगाएका हुन् ।

कुरा फेर्न पीडितलाई घरमा राखेर दबाब दिदै गर्दाको दृष्य ।

महायज्ञ स्थलबाट घर भत्काएर त्यहाँको माटो समेत अछुतो रहेको भन्दै माटो समेत फालेको घटना आज विभिन्न मिडियामा आएपछि आरोपीहरुले कारबाहीबाट जोगिन पीडित परिवारमाथि थप ज्यादती गर्न थालेका छन् ।

सामाजिक सञ्जालमा आज पीडित दिपकले आफूखुसी बसोबास सारेको मन्जूरीनामा लेखिदिएको कागज सार्वजनिक भएको छ । उक्त कागज पनि दबाब दिएर ब्याक मितिमा गर्न लगाएको स्रोतको दावी छ । यसको छानविन हुनुपर्ने दलित अभियन्ताहरुले माग गरेका छन् ।

यदि दिपकले आफैं सरेको मन्जूरीनामा दिएका थिए भने त्यो कागज हिजो पत्रकारहरुसमक्ष किन सार्वजनिक गरिएन ? यसरी हेर्दा पनि त्यो मन्जूरीनामा कागज कारबाहीबाट बच्न गर्न लगाएको देखिन्छ ।

कारबाहीबाट जोगिन ब्याक मितिमा गराएको मन्जुरीनामा कागज ।

दलित परिवारलाइ महायज्ञको नाममा उठिबास गराएको विषय आज संघीय संसदमा समेत साँसदहरुले उठाएका छन् । उनीहरुले दलितमाथि जघन्य अपराध गर्नेहरुमाथि कडा कारबाहीको माग गरेपछि कारबाहीबाट बच्न आरोपीहरु अर्को अपराध गर्न थालेका छन् ।

प्रकाशित : २०८१ चैत्र ७, बिहीबार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ