Breaking- धनुषामा तस्करमाथि प्रहरीले गोली चलायो


जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर्नियामा प्रहरीले तस्करमाथि गोली चलाएको छ ।

सिमामा खटेका प्रहरीले तस्करीको समान नियन्त्रणमा लिन खोजेको थियो । तर तस्करहरुले आक्रमण गर्न खोज्दा प्रहरीले गोली चलाएको स्रोतले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले गोली चलेको सुनेको बताए । उनले भने, ‘डिटेल आइपुगेको छैन ।’

प्रकाशित : २०८१ चैत्र ८, शुक्रबार १४:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ