धनुषाका एमाले नेता राजकिशोर यादव कांग्रेसमा प्रवेश

जनकपुरधाम । नेकपा एमालेका नेता राजकिशोर यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कानुन विभागका केन्द्रीय सदस्य तथा अधिवक्ता समेत रहेका यादव कांग्रेसमा प्रवेश गरेका हुन् । धनुषाको सबैला नगरपालिका ६ का यादव काठमाडौं पुगेर कांग्रेसमा प्रवेश गरेका छन् ।
यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराए । यादव कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गानाले उनलाई पार्टीमा लगेको बुझिएको छ ।
यादव अनेरा स्ववियूका पूर्व निर्वाचित केन्द्रीय सदस्य थिए । नेपाली कांग्रेसको लोकतान्त्रिक प्रतिबद्धता र सिद्धान्तले आफुलाई आकर्षित गरेको उनले बताए ।
यादवलाई सभापति देउवाले पार्टीमा प्रवेश गराएपछि सहमहामन्त्री यादव र पार्टीका अनुशासन विभाग प्रमुख ढुङ्गानाले स्वागत गरेका थिए ।
प्रकाशित : २०८१ चैत्र ९, शनिबार १२:०३
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव