म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन : प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफू जीवित रहँदासम्म नेपालमा पुनस्राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन् ।

तराई–मधेश जागरण अभियानअन्तर्गत शनिबार चितवनको भरतपुर महानगरपालिका २३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन् ।

‘हामीले सम्पूर्ण रुपमा परास्त गर्ने छौँ,’ उनले भने, ‘हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ ।’

उनले सरकार भ्रष्टाचारमा लागेकोले प्रतिक्रियावादीहरू सक्रिय भएको आरोप लगाए । उनले नेपालको वर्तमान संविधानलाई अझ बलियो बनाएर कार्यान्वयनमा जानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने पनि बताए ।

प्रकाशित : २०८१ चैत्र ९, शनिबार १७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ