पूजाअर्चना गर्न गोरखा पुगेका पूर्वराजाले भने- कोही डराउनु पर्दैन


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोही डराउनु नपर्ने भन्दै देशमा शान्ति चाहिएको बताएका छन् ।

शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखे । उनले सुख र समृद्धिको कामना समेत गरे ।

उनले कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए ।

उनले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् ।’

प्रकाशित : २०८१ चैत्र ९, शनिबार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ