महोत्तरीमा क्रिकेट खेल्न गएका १० वर्षीय बालक पोखरीमा बिलाए


महोत्तरी । एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

एकडारा गाउँपालिका ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोक कुमारको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार आलोक गाउँका साथीहरूसँग क्रिकेट खेल्न घरबाट निस्केका थिए ।

घरबाट निस्केका उनले वडा नम्बर ३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न पुगेका थिए । तर उनी पोखरीमा मृत फेला परेको प्रहरीेले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०८१ चैत्र ९, शनिबार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ