महोत्तरीको बीभत्स हत्या घटना- पक्राउ परिन् मृतककै श्रीमती


महोत्तरी । एक पुरूषको वीभत्स हत्या भएको घटनामा उनकै श्रीमती पक्राउ परेकी छन् ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा उनकै श्रीमती सिर्जना महतो पक्राउ परेकी छन् । सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका ८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो । मृतकको उनको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो ।

सनाखत गर्न नसकियोस् भनेर उनको अनुहार जलाएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जना ससुराली जाँदै थिए। त्यसबीचमै घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

डिएसपी जयसवारका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता छ । यसमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र अन्यको खोजी भइरहेको उनले बताए । ‘अनुसन्धानकै क्रममा छौं । अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ। पक्राउ परेपछि थप भन्न सक्छौं,’ उनले भने ।

घटना विवाहेत्तर सम्बन्धका कारण भएको हुनसक्ने प्रहरीको भनाइ छ । यद्यपि यसबारे प्रहरीले खुलाइसकेको छैन ।

प्रकाशित : २०८१ चैत्र ११, सोमबार १८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ