सर्लाहीको बलरामा बेवारिसे शव फेला, पहिचान खुल्न सकेन


सर्लाही । सर्लाहीको बलरा नगरपालिका १०, सुदामास्थित मनुष्मारा ब्यारेजमा एक अज्ञात पुरुषको शव फेला परेको छ। शवको पहिचान अझै खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार शव ब्यारेजभित्र सड्न थालेको अवस्थामा भेटिएको हो । स्थानीय बासिन्दाले ब्यारेजभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलको प्रकृति मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । मृतकले बक्स पाइन्ट र टि–सर्ट लगाएको भए पनि शव सडिसकेकाले हुलिया स्पष्ट हुन सकेको छैन ।

प्रहरीले शवको पहिचान खुलाउने प्रयासस्वरूप मातहतका प्रहरी युनिटलाई जानकारी गराइसकेको छ भने नजिकका गाउँहरूमा सोधपुछ जारी राखेको छ ।

प्रकाशित : २०८१ चैत्र ११, सोमबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ