औरही छुवाछुत घटना- सिरहाका एसपी पण्डित हेडक्वार्टर तानिए


काठमाडौं । सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डित हेडक्वार्टर तानिएका छन् ।

दलित परिवारको घर भत्काइएको घटनालाई बेवास्ता गरेको आरोपपछि गृह मन्त्रालयको निर्देशनमा उनलाई स्थानान्तरण गरिएको हो ।

सिराहामा महायज्ञ आयोजनाका लागि दलित परिवारको घर भत्काइएको घटनामा जिल्ला प्रहरी कार्यालयले समुचित ध्यान नदिएको भन्दै गृह प्रशासन असन्तुष्ट थियो ।

उक्त घटनामा स्थानीय तहसँग कुनै समन्वय नगरेको र मन्त्रालयलाई समेत जानकारी नदिएको कारण प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको थियो ।

तर, प्रमुख जिम्मेवारी बोकेको प्रहरी प्रमुख भने जिल्लामै कायम रहनु न्यायसंगत नभएको भन्दै गृह मन्त्रालयभित्र असन्तुष्टि बढेको थियो ।

प्रकाशित : २०८१ चैत्र १२, मंगलवार १९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ