इटहरीको ९ तल्ले प्लाजामा भीषण आगलगी- ६ घण्टामा पनि नियन्त्रणमा आएन, सात सुरक्षाकर्मी घाईते


विराटनगर । इटहरीस्थित सेन्ट्रल प्लाजामा आगो लागेको झण्डै ६ घण्टा वितिसकेको छ । तर अझै आगलगी नियन्त्रणमा आउन सकेको छैन ।

आगलगी नियन्त्रणमा लिन १३ दमकल परिचालन भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले अहिले आगोलागीको नियन्त्रण प्रयास जारी रहेको बताए । उनका अनुसार लगभग ८० प्रतिशत आगो नियन्त्रणमा आएको छ ।

सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । दुई जना सर्वसाधारण पनि घाइते भएको बताइएको छ ।

सुनसरीको इटहरी चोकबाट दुई सय मिटर पूर्वमा रहेको नौ तलाको भवन सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि नै आगो लागेको छ ।

सेन्ट्रल प्लाजाको छैटौं तलामा रहेको बरण्डा होटलको रेष्टुराँ, किचन र पाँचौं तलामा रहेको अफिस कक्षमा आगोले क्षति गरेको होटल सञ्चालक राजेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०८१ चैत्र १३, बुधबार १५:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ