लहानका डीएसपी सोतीको जिम्मेवारी खोसियो, यस्तो छ कारण


सिरहा । इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डीएसपी विष्णु सोतीको जिम्मेवारी पनि खोसिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले डीएसपी सोतीलाई सरुवा गरिएको पुष्टि गरे । यद्यपी किन सरुवा गरिएको भन्नेबारे उनले केही बताउन चाहेनन् ।

बुधबार प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोस्दै सरुवा गरीएको हो । उनको ठाउँमा हिरेन्द्र रोकायलाई पठाइएको छ । लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत छन् । उनको ठाउँमा सोतीलाई राखिएको छ ।

यसअघि सोमबार मात्रै प्रहरी हेडक्वार्टरले सदरमुकाम सिरहा बजारका एसपी रमेश पण्डितको पनि जिम्मेवारी खोसेको थियो । उनको ठाउँमा अर्का एसपी अनन्तराम शर्मालाई पठाइएको छ ।

यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको पनि जिम्मेवारी खोस्दै गृह मन्त्रालय तानिएको थियो ।

पछिल्लो समय सिरहामा महायज्ञको नाममा दलितको घर नै भत्काइएकोदेखि रिंकु कुमारी सदायको मृत्यु रहस्यमय मृत्यु प्रकरण निकै विवादित बनेका थिए ।

प्रकाशित : २०८१ चैत्र १३, बुधबार १९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ