सप्तरीमा आगलगी- १५ लाखको क्षति, निभाउने क्रममा एकजना घाइते


लहान । सप्तरीको सप्तकोशी नगरपालिका ५ मा बुधवार राति आगलगी हुँदा १५ लाख बढीको क्षति भएको छ ।

स्थानीय सोम प्रसाद आचार्यले गाईगोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गाईगोठ र सुत्ने दुई कोठा जलेपछि १५ लाखको क्षति भएको उनले बताए ।

आगो निभाउने क्रममा सोमप्रसाद घाइते भएका छन् । उनको हात, खुट्टा र शरीरको केहि भाग जलेपछि घाइते भएको प्रहरी प्रवक्ता बस्नेतले बताए । उनका अनुसार आगलगीबाट भैंसीको पाडा १ वटा र बाख्रा २ वटा समेत जलेको छ ।

ईलाका प्रहरी कार्यालय कंचनपुरको टोली, स्थानियबासी र सशस्त्र प्रहरीको सहयोगमा आगलगी करिब १२ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

प्रकाशित : २०८१ चैत्र १४, बिहीबार ०८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ