टाइपिङ गर्न अल्छी लाग्छ ? अब बोलेरै नेपाली टाइप गर्ने एप आयो


धेरैलाई नेपालीमा टाइपिङ गर्न अल्छी लाग्छ । यस्तो अवस्थामा बोलेरै नेपाली टाइप गर्न पाए सहज हुन्थ्यो भन्ने धेरैको जिज्ञासा हुन्छ ।

यही जिज्ञासालाई सम्बोधन गर्न बोलेरै नेपाली टाइपिङ गर्न सकिने प्लेटफर्म लेख्नुस् डटकम उपलब्ध भएको छ । नेपाली कम्पनी बर्क्ली कम्प्युटरले लेख्नुस् डटकम प्लेटफर्मको विकास गरेको हो ।

लेख्नुस् डटकमबाट नेपाली भ्वाइस टाइपिङ, रोमानाइज्ड नेपाली युनिकोड टाइपिङ, नेपाली युनिकोड टु प्रिति रूपान्तरण, प्रिति फण्टमा टाइप, नेपाली युनिकोड र प्रिति शब्दहरूको गणना गर्न सकिने छ ।

नेपालीमा बोलेरै टाइप गर्न लेख्नुस् डटकमको वेबसाइटमा गएपछि माइकको आइकनमा क्लिक गर्न सकिने छ । प्लेटफर्म अहिले बेटा चरणमै रहेको छ ।

प्रयोगकर्ताको सुझाव अनुसार लेख्नुस् डटकमलाई परिस्कृत गर्दै लैजाने बर्क्ली कम्प्युटरका संस्थापक भुपाल सापकोटाले जानकारी दिए ।

बोलेर टाइप गर्ने एपमा जान यहाँ www.lekhnus.com  क्लिक गर्नुहोस्…

प्रकाशित : २०८१ चैत्र १४, बिहीबार १५:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ