काठमाडौंमा गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन– ६ हजार सुरक्षाकर्मी परिचालन


काठमाडौं । लोकतन्त्र पक्षधर र राजावादीहरुको जुलुश प्रदर्शनका लागि करिव ६ हजार सुरक्षाकर्मी र ८ सय ट्राफिक प्रहरी खटिने भएका छन् ।

काठमाडौं उपत्यकामा आज हुने जुलुश प्रदर्शन र सडकमा सवारी जाम हुने भएकाले सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति हुने भएको हो । काठमाडौ उपत्यकामा आज दिनभर सडक जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू प्रदर्शन गर्दा सवारी जाम हुने प्रहरीले बताएको छ। नेपाल प्ररहीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार सबै सुरक्षा अंगका गरी करिब ६ हजार सुरक्षाकर्मी खटिन लागेका हुन् ।

काठमाडौं उपत्यकामा एसपी अपिलराज बोहोराले नेतृत्व गर्नेछन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले त्यसको सूक्षम अनुगनम गर्नेछ। साथै प्रहरी प्रधानकार्यालयमा रहेको मद्दती फौज पनि तैनाथ गरिएको छ ।

राजावादीहरुले अपाच्य कार्य गर्नसक्ने भन्दै विमानस्थल सुरक्षा गार्डको कार्यालय र सशस्त्र प्रहरी बलको विमानस्थल कार्यालयमा मद्दती फौज लगेर राखिएको छ ।

प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुनसक्ने बताए । ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइनेछ ।

भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले राति १२ बजेदेखि नै स्टेज बनाउन सुरु गरेका छन् । तीनकुनमा राजावादीहरूको प्रदर्शन गर्दैछन् । विभिन्न ठाउँबाट र्‍याली निकाल्ने हुँदा सवारी आवागमन असहज हुने सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ । एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्ने ट्राफिक प्रहरीको अनुमान छ ।

आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन हुने र त्यसका लागि सबै ट्राफिक पालैपालो गरी खटिनेछन्। भृकुटीमण्डपमा ११ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन हुने तय भएको छ ।

प्रहरीले दुवै पक्षलाई भेट हुन नदिने नीति अबलम्बन गरेको छ । त्यसका लागि राजावादीहरुले चक्रपथबाहिरबाट जुलुश निकाल्नेछन् भने लोकतन्त्रपक्षधहरुले शहरभित्रबाट जुलुश निकाल्नेछन् ।

प्रर्दशनस्थलसम्म पुग्नका लागि पनि छुट्टाछुट्टै रुटको प्रयोग गराइने भएको छ । दुई टोली भेट हुन नदिनका लागि समाजवादी मोर्चाको रिङरोडभित्रबाट र्‍याली सुरु तय भएको छ । ४ दलका सबैतिरका र्‍याली रिङरोडभित्रबाट सुरु भएर प्रदर्शनीमार्गमा पुग्ने छन् ।

हरेक टोलीलाई प्रहरीले एस्कोर्टिङसहित कार्यक्रमस्थलसम्म पुर्‍याउने छ । दुई टोली भेट हुन नदिनका लागि गस्ती र पेट्रोलिङ बढाइएको छ ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार ०७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ