दुर्गा प्रसाईं मुठभेड गराउने मुडमा !


जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र पुर्नस्थापित गर्न थालेको आन्दोलनका लागि नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति बनाएको छ । बिहिबार समितिले आज काठमाडौंमा हुने प्रदर्शनका लागि दुर्गा प्रसाईंलाई जनकमाण्डर तोकेको हो ।

प्रसाईंको नेतृत्वमा राजावादीहरु र गणतन्त्र रक्षाका लागि समाजवादी मोर्चा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । मोर्चा शान्तिपूर्ण प्रदर्शन गर्ने देखिन्छ । तर प्रसाईंले मुठभेड गराउन उद्दत देखिन्छ । प्रसाईले बिहिवार फेसबुकमा लेखेका थिए– कसलाई ताकत छ भोली गणतन्त्र बचाएर देखाऊ ।

प्रसाईंले आफ्नो फेसबुकमै डा. मनोज मुक्ति बिबेकले लेखेको स्टाट्स शेयर गरेका छन्, जसमा भनिएको छ– खुंडा, खुकुरी, तरबार, त्रिशुलमा धार लगाएर बोकेरै हिंड्ने गरौं ! भोलिदेखि कुनै बेला पनि आवश्यकता पर्नसक्छ । हर हर महादेव–जय महाकाल ।

सामाजिक सञ्जालमा प्रसाईंको हर्कत हेर्दा लाग्छ उनी र उनका समर्थकहरु मुठभेड खोजेका छन् । सुरक्षा निकायले पनि आज हुने दुई पक्षको प्रदर्शनलाई संवेदनशिल रुपमा लिएको छ । प्रदर्शनलाई मुठभेडमा परिणत हुन नदिन दुबै पक्षको प्रदर्शनलाई एक ठाउँमा भेट्न नदिने र ६ हजार बढी सुरक्षाकर्मी परिचालन गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार ०८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ