गणतन्त्र बलियो बनाउन अर्को क्रान्ति गर्ने प्रचण्डको घोषणा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र थप बलियो बनाउन अर्को क्रान्ति गर्ने घोषणा गरेका छन् ।

समाजवादी मोर्चाले आज काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरे । उनले गणतन्त्रमा केही त्रुटि भएकै कारण निरंकुशतावादीहरूले टाउको उठाएको उल्लेख गर्दै आफू ७० वर्ष पार भए पनि अर्को क्रान्तिको नेतृत्व गरेर माथि जान चाहेको बताए ।

उनले भने, ‘म गम्भीर आत्मसमीक्षा गर्न चाहन्छु, गणतन्त्रवादीहरूले जनताको अपेक्षा पूरा गर्न नसकेकै कारण इतिहासमा फ्याँकिएका तत्त्वहरूले टाउको उठाउन खोज्दैछन् ।’

अध्यक्ष प्रचण्डले शोषण र दमनको मार खेपेर यहाँसम्म आएका नेपाली जनता त्यसको प्रतिरोधमा उत्रने बताए । उनले आफ्ना कमजोरी सच्याएर गणतन्त्रलाई अझ राम्रो, अझ समावेशी गर्न एउटा नयाँ क्रान्ति गरेर समाधान गरिने पति बनाए ।

उनले वर्तमान सरकार दलाल र बिचौलियाको घरमा रातको १२ बजे भएको सहमतिअनुसार बनेको पनि दावी गरे । ओलीले संविधान संशोधनका कुरा उठाएर अर्को नौटंकी गरेको उनले आरोप लगाए ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार १६:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ