अराजक राजावादी- माओवादी केन्द्रको कार्यालय र भाटभटेनीमा पनि तोडफोड


काठमाडौं । कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको कार्यालय र भाटभटेनीमा तोडफोड भएको छ । अराजक राजावादी प्रदर्शनकारीहरू तोडफोडमा उत्रिएका हुन् । उनीहरूले नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि तोडफोड गरेका छन् । उनीहरूको प्रदर्शन हिंस्रक बनेको छ ।

राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको छ । तीनकुने क्षेत्रमा सुरक्षाकर्मीहरूले कर्फ्यु लाग्ने भएकाले घरभित्रै रहन भन्दै माइकिङ गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी स्थिति नियन्त्रणमा लिन जुटिरहेका छन् ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार १६:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ