प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद्को बैठक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावादीहरूको प्रहरीसँग झडप भएपछि विभिन्न स्थानमा तोडफोड तथा आगजनी भइरहेको छ ।

अहिले तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको छ ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ