राजावादीले कोटेश्वर भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् ।
भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।
भाटभटेनी व्यवस्थापनले लगत्तै प्रहरीलाई फोन दिउँसो ३ः२८ बजे फोन गरेर सहयोग मागे पनि प्रहरी भने ३४ मिनेटपछि मात्र आएपछि स्थिति नियन्त्रणमा आएको थियो ।
‘प्रदर्शनकारीहरू एक दर्जन हुँदै डेढ सय हाराहारी आएर तोडफोड र लुटपाट मच्चाए,’ भाटभटेनीका ती अधिकारीले भने, ‘प्रदर्शनकारीहरूले मोबाइल फोन, घडी, मदिरा, कपडा लगायत महँगा सामान लुटेर लगेका छन् ।’
त्यतिमात्र होइन, प्रदर्शनकारीहरूले फलफूल, तरकारी पनि लुटेका लगेका छन् । तोडफोड र लुटपाटबाट कति क्षति भयो भन्ने यकिन आकलन हुन बाँकी रहेको उनले बताए ।
‘समयमै प्रहरी आएको भए यतिविधि लुटपाट र तोडफोड हुन पाउँथेन,’ उनले भने, ‘भाटभटेनी तोडफोड र लुटपाटमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ र हामीलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।’
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको समूहले भाटभेटनी सुपर स्टोरका सुरक्षागार्डलाई हातपात गर्दै भित्र छिरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।
प्रदर्शनककारीहरूले भाटभटेनी सुपर स्टोरको भवनका सिसा फुटाएका छन् ।
साभार- अनलाइन खबर
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव