दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रियो : गृह मन्त्रालय


काठमाडौं । सरकारले दुर्गा प्रसाईँले सुरक्षाकर्मीलाई लक्षित गरेर मार्ने नियतले गाडी चलाएपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको हो।

सुरक्षा प्रमुखहरूको बैठकपछि गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यो निष्कर्ष सुनाइएको हो । गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसात्मक र खेदजनक भनेको छ ।

दुर्गा प्रसाईको अगुवाइमा तीनकुनेमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति, अस्पताल तोडफोड र आगजनी भएको मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमा बताए ।

मन्त्रालयले कीर्तिपुर ४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी पनि दिएको छ । जडिबुटी कारखानामा ८ सवारीमा आगजानी गरिएको छ ।

स्रोतका अनुसार प्रहरीले दुर्गा प्रसाईलाई पक्राउ गर्ने तयारी गरेको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेका छन् ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार १८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ