पूर्वराजा ज्ञानेन्द्रको निजी निर्मल निवासमा बढाइयो सुरक्षा तैनाथी


काठमाडौं । राजसंस्था पक्षधरको आन्दोलनका क्रममा शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनापछि निर्मल निवास वरिपरि सुरक्षा तैनाथी बढाइएको छ ।

निर्मल निवास पूर्वराजा ज्ञानेन्द्र निजी निवास हो । पछिल्लो समय विकसित घटनाक्रमपछि निर्मल निवास वरिपरि सुरक्षाकर्मीको उपस्थिति बढाइएको हो ।

शुक्रबार भएको राजसंस्था पक्षधरको आन्दोलनका क्रममा तीनकुने क्षेत्र दिनभर तनावग्रस्त भएको थियो । त्यसक्रममा दुई जनाको मृत्युसमेत भएको छ ।

प्रहरीको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ भने एभिन्युज टिभीका पत्रकार सुरेश रजकको आगजनी भएको घरमा जलेर मृत्यु भएको छ ।

अवस्था नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुने, कोटेश्वर, सिनामंगल, बानेश्वरलगायतका क्षेत्रमा कर्फ्यूसमेत लगाएको छ । कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन गरिएको छ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार २१:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ