आतंक मच्चाउने रविन्द्र मिश्रसहित ५१ राजावादी पक्राउ, दुर्गा प्रसाईं भूमिगत !


काठमाडौं । शुक्रबार संघीय राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनमा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ।

रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदर्शनमा संलग्न नेताहरु पक्राउ परेका हुन्। शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।

उनका अनुसार शुक्रबारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। काठमाडौं प्रहरीले यस प्रकारका ‘अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक’ गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुनअनुसार कारबाही गरिने जनाएको छ।

आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन् ।

सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई भूमिगत भएका हुन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् ।

सरकारले आगजनी, पत्रकारलाई जलाएर मारेको तथा सरकारी तथा निजी सम्पत्ति लुटपाटमा प्रमुख दोषी बनाएर मुद्दा चलाउने भएपछि प्रसाईँ फरार छन् ।

प्रकाशित : २०८१ चैत्र १६, शनिबार ०६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ