पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउको माग गर्दै चलाइयो #ArrestGyanendra अभियान


काठमाडौं । शुक्रवार राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन भएपछि सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै #ArrestGyanendra अभियान सुरू भएको छ ।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा ज्ञानेन्द्रलाई पक्राउ गर्न माग गर्दै प्रयोगकर्ताहरूले ह्यासट्यागसहित अभियान चलाएका हुन् ।

शुक्रवार तीनकुनेमा राजा फर्काउने अभियान भन्दै भएको प्रदर्शनका क्रममा पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनपछि सामाजिक सञ्जालमा त्यसको विरोध भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्रले उक्त प्रदर्शनमा मुख्य भूमिका खेलेको भन्दै प्रयोगकर्ताहरूले उनलाई पक्राउका लागि अभियान चलाएका छन् ।

यसअघि नै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, राजतन्त्र फर्काउने अभियानका प्रवक्ता स्वागत नेपाल र धर्मगुरु भनेर चिलाउने पुस्कर खतिवडालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित : २०८१ चैत्र १६, शनिबार १८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ