दुर्गा प्रसाईंको आरटीएफ ‘कमान्डर’ पक्राउ


काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंनिकट रोयल टास्क फोर्स (आरटीएफ)का ‘कमान्डर’ मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजुबाट राजभण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले केही नेता–कार्यकर्ता र व्यक्तिलाई पक्राउ गरेको छ ।

दुर्गा प्रसाईं भने अझै फरार छन् । प्रसाईं राजावादी प्रदर्शनको ‘कमान्डर’ तोकिएका थिए ।

प्रकाशित : २०८१ चैत्र १६, शनिबार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ