आशु यादव हत्या प्रकरण– जनकपुरमा सडक जाम गर्दा प्रहरीद्वारा लाठीचार्ज, अश्रुग्यास प्रहार


काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २३, बिन्धीमा आश्रु यादवको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेका पीडित परिवार र स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीले बल प्रयोग गरी सडक खुलाउन खोज्दा आन्दोलनमा उत्रेकाहरुसँग झडप भएको हो ।

प्रहरीले लाठीचार्ज गर्दा खोज्दा आन्दोलनकारी प्रतिकारमा उत्रेको थियो । त्यसपछि प्रहरीले दर्जनौं सेल आश्रुग्यास हानेका छन् । आन्दोलनकारी तितरबितर भएपछि अहिले जनकपुरधाम–जलेश्वर सडक सञ्चालनमा आएको छ ।

झडपक्रममा एक दर्जनभन्दा बढी स्थानीय र केही प्रहरी घाइते समेत भएका छन् । धनुषका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले सडक खुलाउन प्रहरीले सामान्य बल प्रयोग गरेको जानकारी दिए । उनका अनुसार घाईते र आश्रुग्यास प्रहारको विवरण आइसकेको छैन ।

फाल्गुन २ मा होली खेल्ने क्रममा बिन्धीमा चक्कु प्रहार गरी १७ वर्षीय आशु यादवको हत्या गरिएको थियो ।

घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि ६ जना फरार छन् । उनीहरुलाई खोज्न प्रहरीले चासो नदेखाएको भन्दै पीडित परिवार र स्थानीय पटक पटक आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित : २०८१ चैत्र १७, आईतवार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ