फरार दुर्गा प्रसाईंले फेसबुक लाइभमा भने– प्रहरीलाई चोट पुर्‍याएकोमा क्षमा चाहन्छु


काठमाडौं । शुक्रबार राजवादीको आन्दोलन हिंसात्मक बनेपछि फरार रहेका आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले भिडिओ सन्देश जारी गर्दै प्रहरीसँग माफी मागेका छन् । शुक्रबारदेखि फरार रहेका उनले आइतबार भिडिओ सन्देश जारी गर्दै प्रहरीसँग माफी मागेका हुन् ।

आफू असुरक्षित भएपछि प्रहरीको घेरा तोडेर अघि बढेको उनले बताएका छन् । मञ्चमा आफू नजिकैबाट गोली गएको बताउँदै उनले सुरक्षित हुनका लागि प्रहरीको घेरा तोडेको बताएका छन् ।

‘स्टेजमा मेरो कानको छेउबाट गोली गयो । मलाई मार्ने रहेछन् भनेर आफैँले ड्राइभ गरेर प्रहरीको घेरा तोडेर अघि बढेँ । प्रहरीलाई चोट पुर्‍याएकोमा म क्षमा चाहन्छु । म सुरक्षित हुनका लागि प्रहरीको घेरा तोडेको हुँ । प्रहरीलाई चोट पुर्‍याउने उद्देश्यले होइन,’ उनले भनेका छन् ।

आफ्नो कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र सादा पोसाकका प्रहरीले घुसपैठ गर्दा अप्रिय घटना घटेको उनले दाबी गरेका छन् । राज्यले आफूलाई मार्ने षड्यन्त्र गरेको आरोप उनले लगाएका छन् ।

प्रकाशित : २०८१ चैत्र १७, आईतवार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ