काँग्रेस नेता स्वर्गिय रामदेव महतोको परिवारलाई दुई लाख सहयोग हस्तान्तरण


जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका १ का नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य स्वर्गिय रामदेव महतोको परिवारलाई नेताहरुले आर्थिक सहयोग गरेका छन् ।

स्वर्गिय महतोको १३ औं पूण्य तिथिमा काँग्रेस नेताहरुले श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले स्वर्गिय महतोको परिवारलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

स्वर्गिय महतो पार्टीका लागि ठूलो योगदान गरेको र उनको परिवारको अवस्था कमजोर रहेकाले पार्टीकै साथीहरु मिलेर आर्थिक सहयोग गरेको सह–महामन्त्री यादवले जानकारी दिए ।

महतोप्रति श्रद्धाञ्जली दिन कांग्रेस मधेस प्रदेश सांसदीय दलका प्रमुख सकेतक कुमरकान्त झा, धनुषा सभापति योगेन्द्र पजियार, मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो लगायतका नेताहरु समेत पुगेका थिए ।

प्रकाशित : २०८१ चैत्र १७, आईतवार १७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ