रवीन्द्र मिश्र र धवल शमशेरमाथि अनुुसन्धान गर्न ४ दिनको अनुमति


काठमाडौं । राजावादीहरुको प्रदर्शनबाट भएको घटनालगायतका विषयबारे अनुसन्धानका लागि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई काठमाडौं जिल्ला अदालतले ४ दिनको म्याद दिएको छ ।

अदालतले मिश्र र शमशेरसहित ११ जनालाई अनुसन्धानका म्याद थप गरेको हो ।

उनीहरुलाई शुक्रबारको प्रदर्शनका क्रममा भएका घटनाहरुमा उक्साएको तथा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि शुक्रबार राति नै पक्राउ गरेको थियो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बेलुकी देशभर मसाल जुलुस निकाल्ने भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा। धवलशम्शेर राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपा सडकमा उत्रिएको हो ।

यसअघि राप्रपाको वैठकले उनीहरुलाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले सर्वसत्तावादी चरित्र देखाउँदै मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ ।

प्रकाशित : २०८१ चैत्र १७, आईतवार १८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ