सिरहामा पत्रकार मुकेश यादवमाथि आक्रमण, थप उपचारका लागि जनकपुरधाम लगिदै


सिरहा । बरियारपट्टी बजारबाट घरतर्फ जाने क्रममा पत्रकार मुकेश यादवमाथि एक समूहले सांघातिक आक्रमण गरेका छन् ।

चार/पाँच जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरुले पत्रकार यादवमाथि आज साँझ करिब सात बजे आक्रमण गरेका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते पत्रकार यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । तर त्यहां उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरधाम लगिदैछ ।

उनलाई खोक्सीका बस व्यावसायी प्रमेश्वर यादवले दुई दिन अगाडी थ्रेट दिएका थिए । उनले नै आक्रमण गराएको हुनसक्ने पत्रकार यादवका आफन्तले टुडेखोजलाई बताए ।

प्रकाशित : २०८१ चैत्र २१, बिहीबार २३:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ