एमाले सिरहा अधिवेशन- गंगाप्रसाद यादवको नेतृत्वमा अध्यक्ष मण्डल चयन


सिरहा । नेकपा एमाले सिरहाको ११ औं अधिवेशन अन्तर्गत आज बन्दसत्रमा गंगा प्रसाद यादवको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको छ ।

अध्यक्ष मण्डलको सदस्यमा रामरति राम, रामपृत राम, राम औतार यादव र चन्देश्वर मण्डललाई राखिएको छ । मण्डल मधेस प्रदेश अध्यक्ष पनि हुन् ।

गठित अध्यक्ष मण्डलले नयाँ नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउनेछ । आजको बन्दसत्रमा विभिन्न प्रतिवेदन पेश र अध्यक्ष मण्डल चयन मात्र भएको एक नेताले जानकारी दिए ।

एमाले जिल्ला अध्यक्षका लागि अशोक यादवको नाम चर्चामा छन् । अधिकांश निर्वाचन प्रतिनिधी यादवको पक्षमा छन् । तर एमाले स्थायी कमिटी सदस्य लीलानाथ श्रेष्ठ एसम्यानको खोजीमा रहेकाले सर्वसम्मत नेतृत्व चयन सकसमा परेको छ ।

प्रकाशित : २०८१ चैत्र २७, बुधबार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ