दुर्गा प्रसाईं भारतमा पक्राउ ! नेपाल ल्याइदै


सिरहा । तीनकुने घटनापछि फरार रहेका राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले आजै राति झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने स्रोतले जनाएको छ ।

उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको वा नेपाल प्रहरीको अनुरोधमा पक्राउ गरिएको भन्ने स्पष्ट हुन सकेको छैन । यसबारे थप विवरण आउन बाकी छ।

प्रकाशित : २०८१ चैत्र २८, बिहीबार २१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ