सर्लाहीमा ट्रकले किच्यो १७ वर्षीया बालिकालाई, घटनास्थलमै मृत्यू !


जनकपुरधाम । सर्लाहीको हरिपुर्वा नगरपालिका ९ मा ट्रकको ठक्करले साइकलमा सवार एक बालिकाको मृत्यू भएको छ।

मृत्यू हुनेमा इश्वरपुर १३ श्रीनगरका रामदुलार महतोको छोरी करिब १७ वर्षीया अंजली कुमारी महतो छन् । उनी सवार साइकलमा ना.५ ख ३८५८ नम्बरको ट्रकले ठक्कर दिएपछि घटना घटेको प्रहरीले जनाएको छ ।

बालिका अंजलीको घटनास्थलमै मृत्यू भएपछि त्यहाँ ठूलो भीड जम्मा भएको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार पारेर मृतक बालिकाको शव पोष्टमार्टमका लागि अस्पताल लग्ने तयारी गरेको छ ।

सडक अतिक्रमण गरेर सर्वसधारणले काठ, गोबर, गोईठा, गिट्टी बालुवासहितका समान राख्ने गरेकाले पटक पटक दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ चैत्र २९, शुक्रबार ११:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ